काभ्रेपलाञ्चोक, फागुन ९ :

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेकाे तेमाल गाउँपालिका- ३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका- १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।