काठमाडौँ, फागुन ९ :

नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् ।

भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा स्थानिय समय अनुसार दिउँसो एक बजेदेखि खेल सुरु हुनेछ ।

पाकिस्तानमा बुधबारबाट सुरु भएको समूह ए अन्तर्गतको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।