दार्चुला, फागुन ९ :

दार्चुलाको डिलासैनी गाउँपालिका–३ को सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भीरबाट लडेर मृत्यु भएको छ ।

बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेका अनुसार  बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधबार बेलुका घरबाट कार्यालय फर्किने बेला भीरबाट लडेर सख्त घाइते भएका थिए । तत्काल उनलाई गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

मृत्तक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए ।