बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

ट्रम्पप्रति बालेनको कडा टिप्पणी : डीभी नामको दासत्व बन्द गर्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
ट्रम्पप्रति बालेनको कडा टिप्पणी : डीभी नामको दासत्व बन्द गर्नुस्
काठमाडाैं, फागुन १० :

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाप्रति कडा टिप्पणी गर्दै आफ्नो सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया दिएका छन्। 

उनले नेपालीहरू गरिब हुनुको प्रमुख कारण विदेशीने क्रम रहेको उल्लेख गर्दै अमेरिकालाई परनिर्भरता र श्रम शोषणको आरोप लगाएका छन्।

‘हामी गरिब छौं किनभने हाम्रा जनता आफ्नो देश छोडेर विदेश जान बाध्य छन्। तर, तपाईंहरू (अमेरिकीहरू) गरिब हुनुहुन्छ किनभने तपाईंहरू आफ्नै देश बनाउन सक्नुहुन्न, बालेनले भने,  ‘तपाईंहरूलाई अरू देशका मानिसहरूकै श्रम चाहिन्छ।’

उनले अमेरिकाले चलाइरहेको विविध आप्रवासन कार्यक्रम, विशेष गरी डाइभर्सिटी भिसा (डीभी)लाई दासत्वको नयाँ रूप भन्दै आलोचना गरेका छन्। उनका अनुसार, अमेरिका जस्ता राष्ट्रहरूले नेपाली जस्ता विकासशील देशका प्रतिभाशाली जनशक्ति खोस्दै तिनीहरूको क्षमताको उपयोग गरी आफ्नो देशको समृद्धि गर्दैछन्, जसका कारण नेपाल जस्ता देशहरू पछाडि परिरहेका छन्।

बालेनले आफ्नो स्टाटसमा दास मानसिकता त्याग्न पनि अमेरिकालाई आग्रह गरेका छन्। उनले भने, ‘हामी हाम्रा गहना (प्रतिभाशाली नागरिक) फिर्ता लिन्छौं। अरू देशका नागरिकलाई तपाईंहरूको देशमा प्रवेश निषेध गरिदिनुस्, अनि हेर्नुस् संसार कसरी अगाडि बढ्छ।’

उनको यो भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ। कतिपयले बालेनको राष्ट्रवादी धारणा र आत्मनिर्भर नेपाल निर्माणको चाहनालाई समर्थन गरेका छन् भने केहीले उनलाई यथार्थपरक दृष्टिकोण अपनाउन सुझाव दिएका छन्।

यसअघि पनि बालेन शाहले अन्तर्राष्ट्रिय मामिलामा खुलेर आफ्ना विचारहरू राख्ने गरेका छन्। उनका यस्ता विचारहरूले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत ध्यान तानेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार