बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

ताप्लेजुङका यातायात व्यवसायीद्वारा बन्दको घोषणा, सुरक्षाको प्रत्याभूति गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
ताप्लेजुङका यातायात व्यवसायीद्वारा बन्दको घोषणा, सुरक्षाको प्रत्याभूति गर्न माग
फाइल फोटो ।
ताप्लेजुङ, फागुन १० :

ताप्लेजुङका यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्।पाथीभरामा बिहीबार भएको झडपलाई लिएर  ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्ने जनाएको छ।

फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको र चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति भर्त्सना गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानुनी कारबाही गर्न यातायात व्यवसायीले माग गरेका गरेका हुन् ।

सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।

घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन्। ताप्लेजुङमा पाथीभरा क्षेत्रमा बिहीबार दिउँसो आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार