
काठमाडाैं, फागुन १० :
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।