बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात #आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात
समाचार गण्डकी प्रदेश भिडियो

धौलागिरि पदमार्ग पुग्न गाँजकै सहारा [भिडियो रिपोर्ट]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
धौलागिरि पदमार्ग पुग्न गाँजकै सहारा [भिडियो रिपोर्ट]
म्याग्दी, फागुन १० :

म्याग्दीको रघुगंगा गाउँपालिका ७ मा रहेको धौलागिरि आधार शिविर पुग्ने पदमार्ग र पुलको अभाव हुँदा ओझेलमा परेको छ ।

कोखेभिर र धौलागिरि भ्यु पोइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न रसी र खरको गाँजको सहारा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु पोइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको छ । राहुघाट नदीमा पुल नहुँदा जंघार तरेर खोला वारपार गर्नुपर्ने समस्या छ ।

बेनी-चिमखोला-घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाले बनाएको सडकमा चार घण्टा सवारीसाधनमार्फत पुग्न सकिन्छ । कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न नसकेको स्थानीय ललित गर्बुजा बताउँछन् ।

धौलागिरि हिमालको फेदमा पुगेर चुचुरोसम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो । सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिने पर्यटन व्यवसायी तारा गर्बुजा पुन बताउँछन् ।

दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुंगे पुल बनाउन सके छोटो दूरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार