
इस्लामाबाद, फागुन ११ :
पाकिस्तानले कराँचीको मालिर जेलबाट २२ भारतीय माझीहरूलाई रिहा गरेको छ ।
उनीहरूलाई आज (शनिबार) भारतलाई सुम्पने जनाइएको छ।
द एक्सप्रेस ट्रिब्यून पत्रिकाले मालिर जेलका सुपरिटेन्डेन्ट अरशद शाहलाई उद्धृत गर्दै उनीहरूको सजाय पूरा भएपछि शुक्रबार जेलबाट माझीहरूलाई रिहा गरिएको हो ।
एधी फाउन्डेसनका अध्यक्ष फैसल एधीले माझीहरूलाई लाहोरसम्म यातायातको व्यवस्था गरेको र त्यहाँबाट उनीहरू भारत फर्कने जनाइएको छ ।