काठमाडौँ, फागुन १२ :

 

मेष : चिताएको कार्यमा सोचे जस्तो सफलता मिल्नेछ । बिहान निस्कँदा पिपलको दर्शन गर्न नभुल्नुहोला ।

वृष : काम गर्ने हौसला मिल्नेछ । सहकर्मीसँगको भेटमा नयाँ कार्यको योजना बन्नेछन् । 

मिथुन : पुनर्मिलनको योग रहेको छ। भरिसक्के लामो यात्रामा ननिस्कँदा उचित हुनेछ ।

कर्कट : आम्दानीका कामहरू सुरु हुनेछन् । विलासी वस्तु खरिद गर्ने दिन रहेको छ ।

सिंह : महत्त्वपूर्ण काम सुचारु हुनेछन् । परिवारको सुझाव अनुसार विचार पुर्‍याएर निर्णय गर्नु राम्रो हुनेछ ।

कन्या : दाम्पत्य सुखमा रमाउने समय छ । आज यो राशि हुनेका लागि खैरो रङ भाग्यशाली रहनेछ ।

तुला : समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ । 

वृश्चिक : मनमा शान्ति र खुसियाली छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

धनु : स्वादिष्ट भोजन गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला । एकोहोरो प्रेम नगरेकै राम्रो ।

मकर : रमाइलो यात्राले दीर्घकालिक फाइदा पुग्नेछ । परिवारका सदस्यसँग रमाइलो भेटघाट हुनेछ । 

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । घर जग्गाको कारोबारबाट फाइदा हुनेछ ।

मीन : भोका प्यासीलाई खाना पानी दिँदा मन प्रसन्न हुनेछ । एउटै कामबाट दोहोरो फाइदा पुग्नेछ ।