ताप्लेजुङ, फागुन ११ :

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरी बिच आज साँझ झडप भएको छ । 

झडपमा ५ जना नेपाल  प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको  प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् ।  नो केबलकार पक्षले बीरेन्द्र चोकमा राँके जुलुस निकालेपछि थप क्षति हुन नदिनका लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भएको थियो ।  घाईतेको यकिन विवरण अझै आउन बाकी छ । 

 

नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलन पछि आज सदरमुकाम फुङलिङ झरेका थिए । सोहि क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै वीरेन्द्र चोक पुगी उक्त र्याली राँके जुलुसमा परिणत भएको थियो । 

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं ५ वीरेन्द्रचोकका केही घरमा राँके जुलुसमा प्रयोग गरेका आगोका पुल्ठो घरतर्फ फ्याकेका थिए ।

यस अघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरी सहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरी सहित २४ घाईते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप भएको छ ।