काठमाडौँ, फागुन १२ :
सङ्घीय संसद् अन्तरगत दुवै सदनको बैठक आज (आइतबार) बस्दैछन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो एक बजे प्रतिनिधि सभा र १ : १५ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।
दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा सरकारले यसअघि ल्याएका अध्यादेश समावेश गरिएको छैन ।
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९- २०८० पेस गर्ने , गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ