
प्रतीकात्मक तस्बिर ।
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटनामा बेपत्ता भएका रोहित रानाको शव फेला परेको छ ।
रानाको शव सशस्त्र प्रहरीको गोताखोर टिमले आज ९आइतबार० फेला पारेको हो । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा.०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते बिहान ११स्४० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनापछि नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकामा आज बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमान्डमा परिचालित टोलीले फेला पारेको हो ।
गोताखोर टोलीले रानाको शव आइतबार बिहान ९स्२५ बजे फेला पारी नदिबाट बाहिर निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ । राना भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिँडेको परिवारका सदस्यहरुले बताएका थिए ।