
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से बढेको छ । नेप्से आइतबार ११ दशमलव ६६ अंकले बढेर २७ सय ५५ दशमलव ४० अंकमा पुगेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६६ अंकले बढेर चार सय ५८ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज ३२८ कम्पनीको एक लाख आठ हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड १२ लाख ६ हजार पाँच कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ वटा समूहको सूचक घटेर बाँकी समूहको बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४९ अंकले बढेर १३ सय ८३ दशमलव ७५ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ११८.३० अंकले बढेर १३ हजार आठ सय ६० दशमलव ५८ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक १७ दशमलव ५६ अंकले बढेर १२ हजार नौ सय ९६ दशमलव ५२ अंकमा चढेको छ ।
लगानी, उत्पादमूलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः १.४६, १९४.२७, ०.०२ र ८३.३४ अंकले बढेका छन् । विकास बैंक समूहको सूचक भने २७ दशमलव ४० अंकले घटेर पाँच हजार ६ सय ५६ दशमलव ९१ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक १३ दशमलव शून्य दुई अंकले घटेर २८ सय ४९ दशमलव ११ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक २१ दशमलव ४५ अंकले घटेर तीन हजार सात सय ५७ दशमलव १३ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लघुवित्त र व्यापार समूहको सूचक क्रमशः ३४ दशमलव ६०, ३५ दशमलव शून्य नौ र ५८ दशमलव ८० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा रिलायन्स फाइनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।