सिरहा, फागुन १२ :

प्रहरीले सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै  ८ जनालाई नियन्त्रणमा लिएको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् ।

८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र  उनीहरुमाथि अनुसन्धान गरेपछि कसलाई छाड्ने र कसलाई मुद्दा चलाउने भन्ने टुंगो लाग्ने एसएसपी कोइरालाले बताए ।

रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई सरकारले किन कारबाही गर्दैन ?

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मर्नु भन्दा पहिले उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो ।