
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिट कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइनेछ ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगन्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले आइतबार हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई वर्षका लागि लागु हुनेछ ।
सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । आमनागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।