बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सशस्त्रकी इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा भेटिइन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
सशस्त्रकी इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा भेटिइन्
पोखरा, फागुन १२ :

पोखरामा तालिमरत सशस्त्र प्रहरी बलकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

सिन्धुपाल्चोक घर भएकी इन्स्पेक्टर सन्तोषी महत ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् । उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

सशस्त्रकै १६ बेसिकको एक इन्स्पेक्टरसँग प्रेममा खटपट आएपछि उनले आत्महत्या गरेको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार