बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

डिआइजी जनक भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
डिआइजी जनक भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
काठमाडौँ, फागुन १२ :

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डिआइजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टराईलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार