
काठमाडौं उपत्यकाका सडकमा प्रायः बाटो काट्नका लागि आकाशे पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।
अझ केही समययता उपत्यकाका केही ठाउँमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधिसमेत जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो । तर जनचेतनाको अभाव र हेलचेक्र्याँइँका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङभन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् ।
यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ । पैदल यात्रुको हेलचेक्र्याइँ यतिसम्म हुन्छ कि नजिकै पुल छ भने पनि पुलबाट नभइ तलैबाट बाटो काट्ने गर्छन् । यसले सडकमा दुर्घटना बढाइरहेको छ ।
ख्यालख्याल र मनलाग्दी बाटो काट्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा दुर्घटनाका समाचारहरु दिनहुँजसो बढिरहेकै छन् । कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना विस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।
प्रस्तुत छ- न्युज एजेन्सी नेपालका अनुप प्रधानले कैद गरेका जथाभावी बाटो काटिरहेका केही तस्बिर :