काठमाडौं, फागुन १३ :

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्युबारे छानबिन गर्न डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको छ । डीआईजी सिंहको नेतृत्वमा गठित छानबिन समितिमा पाँच जना सदस्य रहेका छन् ।ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको मृत्यु प्रकरणबारे समितिले छानबिन गर्नेछ ।

सन्तोषी महतका परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपाने जानकारी दिए ।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिककी इन्स्पेक्टर हुन् । उनी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकको महिला शौचालयको नजिकको बिममा आइतबार झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।