
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्थानीय तह समन्वय विभागलाई पूर्णता दिएका छन् । देउवाले विभागमा १० जना सदस्य मनोनीत गरेर विभागलाई पूर्णता दिएका हुन् ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागको सदस्यमा गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा. हेमराज लामिछाने, पुरुषोत्तम नेपाल,राजु गुरूङ, बाबुकृष्ण सापकोटा,गोरख बहादुर सुनार र निर्प खड्कालाई मनोनीत गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा पनि सदस्यहरू मनोनयन गरिएको उनले जनाए । शिवप्रसाद हुमागाँइ प्रमुख रहेको नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको सदस्यमा पनि १० जना मनोनीत गरेका छन् ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनीत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
