काठमाडौं, फागुन १३ :

ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु धरौटी बुझाएर छुटेका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

जसअनुसार रमेश फुलारा १५ हजार तथा  कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटी बुझाएरका छन्। उनीहरूले गत माघ २४ गते राति ठमेलमा प्रहरीलाई कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि उनीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न चौतर्फी आवाज उठेको थियो ।