काठमाडौँ, फागुन १४ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । 

केन्द्रीय बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ २५ पैसा र बिक्रीदर नौ रूपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३१ रूपैयाँ ५२  पैसा तोकिएको छ । 

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ एक पैसा र बिक्रीदर १३ रूपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा निर्धारण भएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रूपैयाँ १० पैसा तय गरिएको  छ ।