मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

विदेशमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ, श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
विदेशमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ, श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
काठमाडौँ, फागुन १४ :

सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ ।

कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको हो ।

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको जनाएको छ ।

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार