
काठमाडौँ, फागुन १४ :
देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती पनि देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।