काठमाडौँ, फागुन १४ :

भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । उनलाई  ‘ग्रामर गुरु’ भनेर समेत चिनिने गरिन्थ्यो ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।