आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति अर्थतन्त्र

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
काठमाडौँ, फागुन १४ :

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । प्राधिकरणको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार