
सल्यान, फागुन १४ :
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ झारमङ्ग्राका ३५ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएराति १२ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ फारुवाबोट नजिकै रा १ क ५३० नम्बरको खाली मिनी ट्रक दुर्घटनामा परेको हो ।
रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको उक्त मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको प्रहरीले बताएको छ।
