
काठमाडौँ, फागुन १४ :
नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
मङ्गलबार सुन प्रतितोला पाँच सय बढेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ ।
सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।