काठमाडौं, फागुन १४ :

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन १२ गतेको बैठकले आव ०८०/८१ को नाफाबाट सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ ।

प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।