![]()
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाए । उनले धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए ।
‘गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौं महानगरपालिकालगायत देशका धेरैभन्दा धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ,’ प्रतिनिधिसभाको विशेष समयमा उनले भने, ‘आज देशका सबै शिक्षक, कर्मचारीहरुका तलब ठप्प छन् । आज काठमाडौं महागरपालिकामा मात्रै सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’
उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरुलाई ठप्प नपार्न चेतावनी पनि दिए ।