लमजुङ, फागुन १५ :

महाशिवरात्रिका अवसरमा लमजुङको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् । 
महाशिवरात्रि पर्वका अवसरमा दूध चढाउने र बत्ती बाल्ने चलन छ ।