लुम्बिनी, भदौ ५ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गर्नुभएको छ ।

मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो ।

उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमाले सहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिन ह्विप जारी गरेका छन् ।

मङ्गलबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी छ ।