शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार राजनीति प्रदेश लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै 

· मंगलबार, ५ भदौ, २०८१ मा प्रकाशित
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै 
लुम्बिनी, भदौ ५ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गर्नुभएको छ ।

मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो ।

उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमाले सहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिन ह्विप जारी गरेका छन् ।

मङ्गलबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार