शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
कर्पोरेट

कर्पोरेट एक्सिलेन्स अवार्डबाट सिटिजन लाइफ इन्स्योरेन्सलाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
कर्पोरेट एक्सिलेन्स अवार्डबाट सिटिजन लाइफ इन्स्योरेन्सलाई सम्मान
काठमाडौं, फागुन १५ :

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको हो ।

नेपाली बिमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीका रुपमा पुरस्कृत भएको हो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बीसीलाई आयोजकका तर्फबाट मंगलबार आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

सिटिजन लाइफ नेपालमा बिमाको दिगो विकास रणनीति तथा बिमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बिमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बिमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार