काठमाडौं, फागुन १५ :

प्रमुख सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा विकसित पछिल्लो राजनीतिक अवस्था, पार्टी आन्तरिक गतिविधि लगायतका विषयमा छलफल हुने बुझिएको छ । यद्यपि सचिवालय बैठकको एजेन्डा तय गर्न अधिल्लो दिन १७ गते केन्द्रीय कार्यालयको बैठक बस्नेछ ।