
मकवानपुर, फागुन १५ :
मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् ।
विराटनगरमा विवाह गरेर काभ्रेतर्फ बेहुली लिएर फर्कने क्रममा बिएबी ११४७ नम्बरको कार र काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०१—००६ ख ५७७३ नम्वरको बस बुधबार बिहान सुनाचुरीमा आपसमा ठोक्किँदा कारमा सवार बेहुलाबेहुलीसहित ५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा काभ्रे पनौती नगरपालिका—१० का २८ वर्षीय बेहुला यसबराज अधिकारी, बेहुली २२ वर्षीया श्रद्धा दाहाल, २३ वर्षीया पुष्पा अधिकारी, २३ वर्षीय त्रिशु थापा र चालक यतिराज अधिकारी रहेका छन् । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।