प्रधानमन्त्री केपी ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज (बुधबार) भेटघाट भएको छ ।
भेटका अवसरमा केपी ओली कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख रुपैयाँ र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख रुपैयाँ हस्तान्तरण गरियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ बाट सुरु भएको च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेरौं थप तस्बिर :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।