काठमाडौँ, फागुन १६ :

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२:१५ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०-८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।