आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने #मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने
समाचार मधेस प्रदेश

स्थानीय अगुवाको माग- बर्जुताललाई भूमाफियाको चंगुलबाट जोगाउन पहल होस्

बर्जु तालको संरक्षण र विकासका लागि माओवादी अध्यक्ष दाहालसँग माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
स्थानीय अगुवाको माग- बर्जुताललाई भूमाफियाको चंगुलबाट जोगाउन पहल होस्
तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
सुनसरी, फागुन १६ :

चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठुलोमध्येको बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो आग्रह गरेको हो । कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको छ ।

भारतको बिहारबाट दश किलोमिटरनजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट बर्सेनि ६/७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने आश्वासन दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार