
काठमाडौँ, फागुन १६ :
कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक तिन दिन पछि खुलेको छ ।
खाँदबारी- किमाथांका सडक खण्डको भोटखोला गाउँपालिकामा सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए ।
सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुख्खा पहिरो खसेको थियो । यो सडक छिमेकी देश चीन- भारत जोड्ने सबैभन्दा छोटो सडक हो । राष्ट्रिय गौरवको खाँदबारी- किमाथांका सडक आयोजनामा हालसम्म ५३ करोड बढी खर्च भइसकेको छ ।