नवलपरासी, फागुन १६ :

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा १ जनाको मृत्यु हुने गरी भएको घटनामा दुईपक्षबीच  पाँचबुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा बिहीबार दुवै पक्षबीच सहमति हो ।  सहमतिपछि मृतकका परिवारले मृतकको शव बुझेका छन् ।बिहीबार नै पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनको सिमानामा पर्ने परासीको झराही खोलामा मृतक विजय धवलको दाहसंस्कार गरिएको छ ।

विवाहको विषयलाई लिएर मंगलबार भएको झडपमा परी पाल्हीनन्दन–३ का ३५ वर्षीय धवलको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।