प्रधानमन्त्री केपी ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने धारणा राखे ।
उनले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए । नेपाल र जापानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘नेपाल र जापानबीच आयात-निर्यातमा थप सम्बन्ध विकसित हुन थालेको छ’
‘युद्धले विनाश गर्छ । शान्तिले विकास गर्छ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रबल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन्,’ उनले भने, ‘शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यातजस्ता कुराको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौं । अब विकासको साझेदारीका लागि आईटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौं ।’
प्रधानमन्त्री ओलीले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताए ।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान