शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार राजनीति

व्यवस्थित सहर निर्माणका लागि सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

· मंगलबार, ५ भदौ, २०८१ मा प्रकाशित
व्यवस्थित सहर निर्माणका लागि सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह
काठमाडौँ, भदौ ५ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेको बताउनुभएको छ ।

आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताउनुभयो । 

सुधारका लागि काम गर्न प्रयास गरिरहेकोले त्यो देखिन समय लाग्ने उहाँको भनाई छ। संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा नरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास जारी राखेको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार