काठमाडौँ, माघ २० :

मेष : पारिवारिक सुख मिल्नेछ। घुमफिरमा जादा नयाँ योजनाहरू बन्नेछन् ।

वृष : धन आर्जन हुने योग छ । धेरैपछि मिल्ने साथीसँग भेट हुनाले मन प्रसन्न रहने छ ।

मिथुन : सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने दिन रहेको छ। 

कर्कट : बिहानै धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा राम्रो हुनेछ । आर्थिक क्षेत्रमा लगानी गर्ने अवसर छ ।

सिंह : अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि कार्य सफल हुनेछन् । परिवारको साथ र सहयोग मिल्ने छ ।

कन्या : मिठो बोलीका कारण रोकिएका कामहरू अघि बढ्नेछन् । मनोरञ्जनमा सहभागी हुने दिन रहेको छ ।

तुला : व्यवसायमा फाइदा होला । विशिष्ट व्यक्तिको सहयोगले पुराना कामहरू सम्पन्न हुनेछन् ।

वृश्चिक : पुराना मित्रजनसँग भेटघाट हुनसक्छ । काम गरिरहेको कार्यलयमा प्रशंसा मिल्नेछ ।

धनु : स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुहोला । सहकार्यबाट गरेको व्यवसायमा फाइदा हुनेछ ।

मकर : सोचेका काममा ढिलाइ भए पनि पूरा हुने छ । विदेश यात्रामा निस्कँदा आफ्नो समानको ख्याल गर्नुहोला ।

कुम्भ : सापटी लगेको ठाउँबाट धन प्राप्त हुनेछ । चिताएको काम पुरा हुने दिन रहेको छ । 

मीन : आफन्तको सहयोगमा आटेका कामहरू पुरा हुनेछन् । काम गर्दा आत्मबल भने बढाउनुपर्ने छ ।