काठमाडौं, फागुन १७ :

नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । हवाई इन्धन, पेट्रोल र ग्यासको मूल्य भने यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकाले यहाँ पनि डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

उसो त खाना पकाउने (एलपी) ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।