काठमाडौं, फागुन १८ :

आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल नतिजाविहीन भएको छ । योसँगै दुवै टोलीले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल रद्द हुँदा दुवै टोलीले अंक बाँडेका हुन् । अंक बाँडेसँगै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स ट्रफीको ३ खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँडेको अस्ट्रेलिया ४ अंकसहित शीर्ष स्थानमा रहँदै अंक बाँडेको हो ।

अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्नेछ ।

पाकिस्तानको लाहोरमा भएको खेलमा अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्टेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल बराबरीमा रोकिएको हो ।