कास्की, फागुन १८ :

राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका १८, सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट पुगेका छन् ।

सेनाको हेलिकोप्टरमार्फत पोखरा पुगेका राष्ट्रपति पौडेलले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।