शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

पर्यटन प्रवर्द्धनमा ‘चाँगु-नगरकोट’ पदयात्रा (तस्बिरसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
पर्यटन प्रवर्द्धनमा ‘चाँगु-नगरकोट’ पदयात्रा (तस्बिरसहित)
भक्तपुर, फागुन १८ :

नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नागरिक उड्यन तथा पर्यटन विभागले आयोजनामा चाँगु-नगरकोट पदयात्रा गरेको छ ।

चाँगुनारायण वडा नम्बर ४ कार्यालय सुरु भएको पदयात्रा हजार सिढीँ, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशूल डाँडा, तेलकाट पुगेको थियो । तेलकोटमा एमालेको वडा नम्बर ५ कमिटीले पदयात्रीलाई स्वागत गर्यो ।

त्यसपछि वडा नम्बर ६ को जालपादेवी मन्दिर, स्याउली बजार, डाँडा टोल, पिपल बोट, लामा टोल, सनराइज, ओमशान्ति मार्ग, गडगडे, लामिडाँडा हुँदै नगरकोट चोकमा  पुगेर करिब १५ किलोमिटर पदयात्रा पूरा गरेको एमालेका जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए ।

‘एमालेको तीनमहिने जरा अभियान तथा आगामी वैशाख १ गतेदेखि सञ्चालन गर्ने नगरकोट भ्रमण वर्ष २०८२ को प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको विकास एवं आर्थिक उन्नतिको उद्देश्यले पदयात्रा गरेको हो,’ अध्यक्ष देउजाले भने ।

पदयात्राको उद्घाटनमा एमालेका पोलिटब्युरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, अनुशासन आयोग सदस्य वीणा बास्तोला, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायत करिब पाँच सयजनाको सहभागिता रहेको जिल्ला कमिटी सचिव विष्णु तामाङले जनाए ।
हेरौं थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार