काठमाडौँ, फागुन १९ :

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजेका लागि बोलाइएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जनाए । उनका अनुसार बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सचिवालयले पनि बैठक राखिएको पुष्टि गरेको छ ।

बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्‌मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायता विषयमा छलफल हुन सक्ने नेताहरूले जनाएका छन् ।