काठमाडौँ, फागुन १९ :

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । 

आज शुक्रबारकै मूल्यमा छापावाल सुन तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज  चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।