कैलाली, फागुन १९ :

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शैलेश्वरी सामुदायिक वनमा दुई पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१० का ५० वर्षीय देवल चौधरी र ५१ वर्षीय कैदा रानाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक, कबिन्द्रसिंह बोहोराका अनुसार दुई मध्ये चौधरीको शव झुण्डिएको अवस्थामा र रानाको शव केही पर पल्टिएको अवस्थामा फेला परेको छ। घटनास्थल नजिकै दुईवटा साइकल पनि भेटिएको छ।

स्थानीय बासिन्दाले आइतबार बिहान दुवै जनाको मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।